३० आश्विन २०८३, शुक्रबार

पाल्पामा नयाँ जातको च्याउको सफल परीक्षण

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

keshav– सुशिल नेपाल
पाल्पा, ३ वैशाख । स्पेनि भिडेइ जातको गुलाबी रंगको च्याउको नेपालमै पहिलो पटक सफल परीक्षण गरिएको छ ।

पाल्पा जिल्लाको मदनपोखरा गाविस जहरे पीपलका कृषक केशव कार्कीले परीक्षणमा यस्तो सफलता पाएका हुन् । कार्की विगत १ दशकदेखि च्याउ, माछा तथा अन्य तरकारिहरु खेतीमा क्रियाशिल रहेका कृषक हुन् ।

यो नयाँ जातको च्याउ झटट हेर्दा कन्येजस्तो तर गुलाबि रंगको हुँन्छ । उक्त नयाँ जातको च्याउको पहिलो परीक्षण च्याउ कृषक केशव कार्कीको फार्ममा गरिएको हो । उक्त जातको च्याउको बजार मुल्य ३ सय रुपैँया प्रतिकिलो रहेको र यसले बजार पनि राम्रो पाउने कार्कीले विश्वास व्यक्त गरे ।

कृषक कार्कीले सिटाके, कन्ये, गोब्रे लगायतका च्याउको नयाँ परीक्षण गरी खेती गर्दै आइरहेका छन् । पाल्पा जिल्लामै पहिलो पटक व्यबसायिक च्याउ खेती गर्ने कृषक कार्कीले अहिले पाल्पा, बुटवल, भैरहवा, स्याङजा, गुल्मी, काठमाडौ लगायतका स्थानमा च्याउ बिक्री गर्दै आइरहेका छन् ।

उनले पाल्पाका अन्य स्थानका युवा किसानलाई समेत च्याउ खेती गर्न उत्प्रेरणा दिँदै आइरहेका छन । कार्कीले च्याउ खेतीबाट मात्रै बार्षिक ७ लाखभन्दा बढी आम्दानी गर्ने गर्छन् ।