९ कार्तिक २०८३, सोमबार

स्वास्थ्य सुरक्षाका उपायहरू अपनाएर चाडपर्व मनाउन माधव नेपालको आग्रह

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ माघ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले स्वास्थ्य सुरक्षा उपायहरू अपनाएर मात्र चाडपर्व मनाउन आग्रह गरेका छन् ।

‘मकर संक्रान्ति तथा माघी पर्व, २०७८’ को अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष नेपालले यस्तो आग्रह गरेका हुन् ।

‘थारु समुदायको महान् चाड माघी तथा मगर समुदाय लगायत अन्य समुदायले मनाउने मकर संक्रान्ति २०७८ को अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु,’ उनले जारी गरेको शुभकानमा सन्देशमा भनिएको छ, ‘बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक विशेषताले सम्पन्न नेपालका विभिन्न जातजाति र धर्मावलम्बीहरुका आ–आफ्नै सांस्कृतिक महत्व बोकेका मौलिक चाडपर्व छन् । यी चाडपर्वहरुले आपसमा एकता तथा भाइचारा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्दै आएका छन् । मुलुकमा मनाइने यस्ता चाडपर्व र संस्कृतिको संरक्षण तथा संबर्द्धन गर्नु हामी सबैको दायित्व हो ।’

तर, अहिले महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संकटको समयमा स्वास्थ्य सुरक्षा उपायहरू अपनाएर चाडपर्व मनाउन उनले आग्रह गरेका हुन् ।

‘विविधताले सम्पन्न नेपाली संस्कृतिभित्र महत्वपूर्ण रहेको ‘मकर संक्रान्ति तथा माघी पर्व, २०७८’ ले सबै नेपालीबीच शान्ति, एकता, सद्‌भाव र सहिष्णुता कायम गर्दै समुन्नत समाजवादी मुलुक निर्माणमा एकताबद्ध हुन प्रेरणा मिलोस् भन्ने कामना गर्दछु,’ उनले लेखेका छन् ।