२८ आश्विन २०८३, बुधबार

जापानी राजदूत गोरखाको गाई फार्ममा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Masashi-Ogawa

गोरखा । नेपालका लागि जापानी राजदूत मासासी ओगावाले गोरखाको च्याङ्लीको कामधेनु गाईफार्मको अवलोकन गर्नुभएको छ ।

उहाँले बुधबार साँझ गाईफार्मको अवलोकन गर्नुभएको हो । राजदूत ओगावाले गाईपालनको पृष्ठभूमि, सम्भावना र चुनौतीलगायतका विषयमा चासो राख्नुभएको गाईफार्मका सञ्चालक राजेन्द्र पन्तले जानकारी दिनुभयो ।

राजदूत ओगावा सात जनाको टोलीसहित गाईफार्मको अवलोकन गर्न च्याङ्ली आउनुभएको थियो ।

कामधेनु गाईफार्ममा होलस्टेन, जर्सी, टेरेन्टाईजलगायत विभिन्न जातका २५० वटा उन्नत जातका गाई छन् । मासिक एक लाख पचास हजार नाफा आर्जन हुने सो फार्ममा २० जनाले रोजागारीसमेत पाएका छन् ।

च्याङ्लीमा रहेको कामधेनु गाईफार्मलाई देशकै नमुना गाईफार्मका रूपमा लिइन्छ । कामधेनुबाट उत्पादित दूध पोखरास्थित पन्थी डेरीले खरिद गर्ने गरेको छ ।

गाईपालनका लागि बिजुली र पानीको समस्या रहेको पन्तको भनाइ छ । राजनीतिशास्त्रमा स्नातकोत्तर तह उतीर्ण पन्तले आफ्ना दुई छोरालाई समेत यही पेसामा संलग्न गराउनुभएको छ । पन्तको गाईफार्म अवलोकनका लागि दैनिक दर्जनभन्दा बढी सङ्घसंस्था यहाँ आउने गर्दछन् । पन्तले फार्मको अवलोकन बापत एक हजार दस्तुरसमेत लिने गर्नुभएको छ ।