
तनहुँ, २८ पुस । नेपाल कम्युनिष्ट पार्टी (एमाले) तनहुँको नवौं जिल्ला अधिवेशनवाट अध्यक्षमा श्रीप्रसाद श्रेष्ठ सर्वसम्मत चयन भएका छन् ।
पार्टीको जिल्ला नेतृत्व सर्वसम्मत चयन भए पनि उपाध्यक्ष, सचिव र खुल्ला तथा भुगोलतर्फका सदस्यहरुमा भने निर्वाचन भएको छ । निर्वाचनबाट उपाध्यक्षमा हरिराज कँडेलले ३६४ मत ल्याएर विजयी भएका छन् भने सचिवमा राजेश्वर ढकालले ३२१ मत ल्याएर विजयी भएका छन् ।
यसगैरी सह–सचिवमा प्रदिपराज अधिकारी र खिम कुमाल सर्वसम्मत रुपमा चयन भएका छन् ।
यसैगरी १७ पदमा भएको खुल्ला सदस्य पदमा अनिल पाण्डे, ईन्द्र थापा, ऋषिराम भुषाल, ऋषिराम राना, कुलबहादु थापालगायत विजयी बनेका छन् । त्यस्तै महिला खुल्लातर्फ कमलाकुमारी ढकाल, प्रभा श्रेष्ठ, फुलमाया श्रेष्ठ, भगवती देउजा, मञ्जु मिया, रत्नादेवी घिमिरे, शारदा खनाल, सविना मल्ल निर्वाचित भएका छन् ।
यसैगरि अल्पसंख्यकतर्फ राममाया कुमाल, नुर महमद मियाँ, मोहमद सुलेमान मिया विजयी बनेका छन् । दलितमा अशोक कुमारी सुर्खाली, गणेश कुमार विक, गोपाल विक, बाबुराम सुनार, जनजातीतर्फ बसुन्धरा घर्ती, देवबहादुर गुरुङ, धनबहादुर आले चयन भएका छन् । मजदुरतर्फ कृष्णदेव श्रेष्ठ, सोमबहादुर आले, अपाङतर्फ केशवी सिग्देल र कृष्णप्रसाद अधिकारी चयन भएका छन् ।
जिल्ला कमिटीमा रहने १०५ जना सदस्यहरुमध्ये आधाजसो संख्यामा सर्वसम्मत र आधामा निर्वाचनबाट नेतृत्व चयन गरिएको हो । २३ र २४ गते अधिवेशन भनिए पनि निर्वाचनका कारण हिजो मात्रै पूर्णता पाएको हो ।















प्रतिक्रिया