
बर्दिया, २८ पुस । प्रेस चौतारी नेपाल जिल्ला समिति बर्दियाको अध्यक्षमा यज्ञप्रसाद सापकोटा सर्वसम्मत चयन भएका छन् ।
जिल्ला समिति बर्दियाको आठौं अधिवेशनले सापकोटाको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
नयाँ कार्यसमितिको उपाध्यक्षमा दलबहादुर सुनार र मिना थापा चयन भएका छन् । त्यसैगरी सचिवमा पुस्कर काफ्ले, कोषाध्यक्षमा सञ्जु चौधरी ‘सरम’, सहसचिवमा प्रेम बुढा र महिमा चौधरी चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा शिवा शर्मा, सौगात श्रेष्ठ, ऋषि वाग्ले, राजकुमार विक, मधुर पौडेल, यसु केसी चयन भएका छन् ।















प्रतिक्रिया