९ कार्तिक २०८३, सोमबार

पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न राप्रपाले भृकुटीमण्डपबाट र्‍याली निकाल्ने

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ‘राष्ट्रनायक’का रुपमा चिनिने पृथ्वीनारायण शाहको शालिकमा र्‍यालीसहित माल्यार्पण गर्ने भएको छ ।

कोरोना सङ्क्रमणको दर बढिरहेकै बेलामा आज राप्रपाले बिहान ११ः३० बजे भृकुटीमण्डलबाट र्‍याली निकाल्ने भएको छ । र्‍यालीसहित सिंहदरबारको मुलगेटअगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेको पार्टीका महामन्त्री भुवन पाठकले जानकारी दिएका छन् ।

उनका अनुसार ३००औं पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसलाई भव्य बनाउन र्‍याली निकाल्न लागिएको हो । र्‍यालीमा सहभागी हुने सबैले स्वास्थ्य मापदण्ड पालना गर्ने उनको दाबी छ ।

पूर्वराजा ज्ञानेन्द्र शाह समेत आज पृथ्वीनारायणको शालिकमा माल्यार्पण गर्न सिंहदरबार जाने कार्यक्रम छ ।

पृथ्वीजयन्तीका अवसरका विदा दिनुपर्ने माग राजावादी संघसंस्था र राजनीतिक दलले माग गरे पनि सरकारले त्यसबारेमा केही निर्णय गरेको छैन ।