सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

पूर्वराजा ज्ञानेन्द्र सिंहदरबार जाने

दैनिक नेपाल २०७८ पुष २६ गते १३:४३

काठमाडौं, २६ पुस। पूर्वराजा ज्ञानेन्द्र शाह मंगलबार सिंहदरबार जाने भएका छन्। राष्ट्रनिर्माता वडामहाराजधिराज पृथ्वीनारायण शाहको सिंहदरबारस्थित प्रतिमामा माल्यार्पणका लागि पूर्वराजा त्यहाँ जान लागेका हुन्।

निर्मलनिवासबाट सिंहदरबारको पश्चिमतिर रहेको मूल गेटअगाडिको पृथ्वीनारायण शाहको प्रतिमामा माल्यार्पण गरी ३००औं जयन्ती मनाउन लागिएको बताइएको छ।

स्रोतका अनुसार उक्त अवसरमा राजावादी संघ संस्थाले गाजाबाजा समेत गर्नेछन्। पृथ्वीजयन्तीका अवसरका विदा दिनुपर्ने माग राजावादी संघसंस्था र राजनीतिक दलले माग गरे पनि सरकारले त्यसबारेमा केही निर्णय गरेको छैन।

प्रतिक्रिया
सम्बन्धित