९ कार्तिक २०८३, सोमबार

यी पत्रकारहरूले पाउने भए पहिलो ‘नेपाल मिडिया अवार्ड’ (सूचीसहित)

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ पुस । ड्रिम हाइ नेपालले ‘नेपाल मिडिया अवार्ड’को मनोनयन सार्वजनिक गरेको छ र

ड्रिम हाइले आगामी शनिबार काठमाडौंको सोल्टी होटेलमा आयोजना गर्ने एलआईसी नेपाल मिडिया अवार्ड २०७८ को मनोनयन सार्वजनिक गरेको हो । कूल २० वटा विधामा प्रदान गरिने अवार्डमा १९ विधामा उत्कृष्ट ५ को मनोनयन सार्वजनिक भएको अवार्डका आयोजक संस्था ड्रिम हाई नेपालका निर्देशक कमल जिसीले जानकारी दिए ।

‘नेपालको मिडिया उद्योग र सञ्चार क्षेत्रको योगदानको कदर तथा सम्मान गर्न अवार्ड कार्यक्रम गर्न लागेका हौँ,’ जिसीले भने ।

नेपाल मिडिया अवार्ड २०७८ मा सञ्चार क्षेत्रमा आफ्नो जीवन अर्पेका व्यक्तित्वलाई लाइफटाइम एचिभमेन्ट अवार्ड (दीर्घ साधना सम्मान) बाट सम्मान गरिने जिसीले जानकारी दिएका छन् ।

उनका अनुसार पहिलोपटक आयोजना हुन लागेको मिडिया अवार्डमा वरिष्ठ टेलिभिजनकर्मी नीर शाह तथा वरिष्ठ पत्रकारहरू भैरव रिसाल र किशोर नेपाललाई दीर्घ साधना सम्मान प्रदान गरिने छ ।

टेलिभिजन, छापा, एफएम रेडियो र अनलाइन सञ्चार माध्यमहरूमा कार्यरत सञ्चारकर्मीहरूको पछिल्लो एक वर्षयताको उपस्थिति र प्रस्तुतिलाई आधार बनाएर उत्कृष्ट मनोनयन सार्वजनिक गरिएको आयोजक संस्थाले जनाएको छ ।

मनोनयनमा परेका विधा र उत्कृष्ट ५ को नामावली यसप्रकार रहेको छ–