९ कार्तिक २०८३, सोमबार

पाल्पा अस्पतालमा आकस्मिकबाहेकका सबै सेवा बन्द

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पाल्पा, २१ पुस । पाल्पाको जिल्ला अस्पतालमा आकस्मिकबाहेकका सबै सेवा बन्द गरिएको छ ।

अस्पतालमा कार्यरत ९ जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि अत्यावश्यकबाहेकको सेवा बन्द गरिएको अस्पतालले जनाएको छ ।

निमित्त मेडिलकल सुपरिटेन्डेण्टसहित १० जनामा पिसीआर परीक्षण गर्दा ९ जनामा कोरोना सङ्क्रमण देखिएको अस्पताल विकास समितिका अध्यक्ष नेत्रप्रसाद पाण्डेयले जानकारी दिएका छन् ।