९ कार्तिक २०८३, सोमबार

२४ घण्टामा ३९३ जनामा कोरोना संक्रमण पुष्टि, २६३ जना संक्रमणमुक्त हुँदा ३ जनाको मृत्यु

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० पुस । नेपालमा पछिल्लो २४ घण्टामा थप ३९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

बितेको २४ घण्टामा देशभर ७ हजार ७९४ जनामा आरटी–पीसीआर गर्दा ३५५ जना र १ हजार ५३५ जनाको एन्टिजेन परीक्षण गर्दा ३८ जना गरी आज ३९३ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८ लाख २९ हजार ६३२ जना पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ३ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ६०१ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २६३ जना संक्रमित निको भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमणमुक्त हुनेको संख्या ८ लाख १२ हजार ९३७ जना पुगेको छ । यो कुल संक्रमितको ९८ प्रतिशत हो ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ९४ जना छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा ४८ लाख ८७ हजार ८१८ जनाको स्वाब (नमूना) परीक्षण गरिएको छ भने अहिले ५ हजार ९४ जना आइसोलेसन र ९८ जना क्वारेन्टिनमा छन् ।