११ कार्तिक २०८३, बुधबार

नक्कली रुपैयाँसहित दुई जना भारतीय नागरिक पक्राउ

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सर्लाही, ४ पुस । सर्लाहीको मलंगवा नगरपालिका–८ स्थित सीमा इलाकाबाट हिजो शनिबार सशस्त्र प्रहरीले नक्कली नेपाली रुपैयाँ १ लाख १५ हजार र ४७ हजार ५०० भारतीय रुपैयाँसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भारतमा घर बताउने ४८ वर्षीय प्रमोद कुमार र ३७ वर्षीय आशिष कुमार छन् । बीआर ३० वाई ४१३९ नम्बरको भारतीय मोटरसाइकलमा नेपालबाट भारततर्फ जाँदै गरेका उनीहरूले उक्त रुपैयाँको श्रोत खुलाउन नसकेपछि सशस्त्र प्रहरी बल नेपाल नम्बर १० गण सर्लाहीले पक्राउ गरेको हो ।

पक्राउ परेकाहरूलाई बरामद रुपैयाँसहित आवश्यक कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाइएको बताइएको छ ।

यसैबीच सशस्त्र प्रहरी बलको नेपाल बोर्डर आउट पोष्ट सम्सीले महोत्तरीको सम्सी गाउँपालिका–७ स्थित सीमा इलाकाबाट ७ लाख नेपाली रुपैयाँसहित धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका–८ बस्ने २१ वर्षीय तुलसी साहलाई पनि पक्राउ गरेको छ ।

भारबाट नेपालतर्फ आउँदै गरेका साहले उक्त रुपैयाँको श्रोत खुलाउन नसकेपछि पक्राउ गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।