२८ आश्विन २०८३, बुधबार

सुभाष निरौलाले रकम निकालेको खुलासा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

subasकाठमाडौ । नेपाल पर्यटन बोर्डका कायममुकाय प्रमुख कार्यकारी अधिकृत सुभाष निरौलाले आफनै कर्मचारीको नाम दुरुपयोग गर्दै रकम निकालेको बैंक स्टेटमेन्टमा देखिएको छ ।
बोर्डको खाता रहेको इन्भेस्टमेन्ट बैंकको खाता नम्बर १८०२५०० बाट ती कर्मचारीलाई थाहै नदिई पैसा निकालेर खर्च गरेको तथ्य सार्वजनिक भएको हो । उनले कुन प्रयोजनका लागि रकम निकालेको भन्ने कर्मचारीलाई नभएको कारोबारमा खबर छ ।

निरौलाले फेबुअरीदेखि अप्र्रिलको बीचमा सोझा कर्मचारीका नाममा किर्ते र नक्कली कागजात गरी रकम झिकेको पाइएपछि कर्मचारी आत्रोशित भएका छन् । मेगा र नेपाल बैंकमा समेत बोर्डको खाता छन् । निरौलाले विभिन्न शीर्षकमा रकम निकासा गरेको भन्दै कागजात बनाई चेक काटेर आफैं पैसा राखेको पाइएको छ ।

बोर्डमा कार्यरत लेखनाथ भुसालको नाममा नेपाल इन्भेस्टमेन्ट बैंकको खाताबाट २२ अप्रिल २०१४ मा १० लाख रुपैया निकालिएको स्टेटमेन्टमा देखियो । लेखनाथले भने ’म आफैं दंग परेको छु, कसरी मेरो नाममा बोर्डको खाताबाट पैसा निकालियो ।’

त्यस्तै केन्द्रिय कार्यालयबाट कारबाही गरी काकंडभिट्टा पठाइएकी अर्की कर्मचारी सुस्मिता दाहालको नाममा पनि बैंकले भुक्तानी गरेको स्टेटमेन्ट देखिन्छ ।