९ कार्तिक २०८३, सोमबार

राप्रपा महाधिवेशन : अभिनेत्री रेखा थापा महामन्त्रीमा उठ्ने

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महामन्त्रीमा अभिनेत्री रेखा थापाले उम्मेदवारी दिने भएकी छन् ।

हिजो बुधबारदेखि काठमाडौंमा शुरू भएको एकता महाधिवेशनमा थापाले महामन्त्री पदमा उम्मेदवारी दिन लागेकी हुन् ।

राप्रपामा ६ जना महामन्त्री रहने विधानमा प्रस्ताव गरिएको छ । तीमध्ये १ महिलासहित ३ जना अनिवार्य निर्वाचित हुने पर्ने व्यवस्था छ ।

थापाले अध्यक्षका उम्मेदवार राजेन्द्र लिङ्देनको प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिन लागेको बताइएको छ ।