९ कार्तिक २०८३, सोमबार

जाजरकोट बस दुर्घटनामा ज्यान गुमाउने पाँच जनाकै पहिचान खुल्यो

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जाजरकोट, १२ मंसिर । जाजरकोट बस दुर्घटनामा ज्यान गुमाएका पाँच जनाकै पहिचान खुलेको छ ।

दुर्घटनामा दुई जना महिला, दुई जना पुरुष र एक जना बालिकाले ज्यान गुमाएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा ज्यान गुमाउनेमा कुशे–९ जाजरकोटकी १८ वर्षीया अनिला नेपाली, आठबीसकोट–५ रुकुम पश्चिमकी २४ वर्षीया सन्ध्या मल्ल शाही, आठबीसकोट–४ की ४ वर्षीया दिव्या शाही, नलगाड–३ करुवा जाजरकोटका २६ वर्षीय शेरबहादुर परियार र सप्तरी राजविराजका ४० वर्षीय गंगाराम यादव छन् ।

नेपालगञ्जबाट रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको राडीबजारका लागि छुटेको ना ६ ख २७५७ नम्बरको बस गएराति जाजरकोट–९ कुदु बराहचौरमा दुर्घटना भएको थियो । बसमा ३२ जना यात्रु रहेकामा २७ जना घाइते भएका थिए ।

घाइतेमध्ये तीन जनाको अवस्था अझै गम्भीर रहेको बताइएको छ । उनीहरुलाई थप उपचारका लागि नेपालगञ्ज पठाउने तयारी भएको र अन्यको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ ।