काठमाडौं, ११ मंसिर । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आफू अध्यक्षको प्रतिस्पर्धाबाट पछि नहट्ने स्पष्ट पारेका छन् ।
रावलले सहमतिका बरेमा अध्यक्ष ओलीले आफूसँग कुनै छलफल नगरेको प्रतिक्रिया दिँदै उम्मेदवारी घोषणाबाट पछि नहट्ने बताएका छन् । रावलसँग अध्यक्ष ओलीले छलफ गरी सहमतीको प्रयास भइरहेको समाचार बाहिर आइरहे पनि उनले आफूसँग कुनै छलफल नभएको समेत बताएका छन् ।
आफ्नो उम्मेदवारी कायमै रहने भन्दै रावलले महाधिवेशन प्रतिनिधिहरूसँग् मत माग्न थालेको समेत बताइएको छ ।
प्रतिक्रिया
सम्बन्धित
सिफारिस