
चितवन, ११ मंसिर । नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनको बन्दशस्त्र चितवनको सौराहामा शुरू भएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली आफू बसेको पार्क सफारी रिसोर्टबाट बन्दसत्रस्थलमा आइपुगेसँगै यहाँस्थित होटेल सेभेन स्टारमा बन्द सत्र शुरू भएको हो ।
नेकपा (एमाले)को दशौं राष्ट्रिय महाधिवेशनको बन्दसत्र बिहान ८ बजेबाट सुरू हुने भनिए पनि दिउँसो १ः१५ बजेसम्म पनि शुरू हुन सकेको थिएन ।
शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले पदाधिकारी र केन्द्रीय सदस्यको संख्या थप्ने निर्णय गरे पनि सहमतिमा नयाँ समिति बनाउन सकिन्छ कि भनेर ओलीले नेताहरूसँग भेटवार्ता गर्नाले बन्दसत्र ढिलो भएको बताइएको छ ।
बन्दशत्रको उद्घाटन सत्रमा एमाले महाधिवेशनको निमन्त्रणामा नेपाल आएका विदेशी पाहुनाहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।















प्रतिक्रिया