९ कार्तिक २०८३, सोमबार

एकताको सन्देश दिन पनि एमालेमा सर्वसम्मतको प्रयास भइरहेको छ : भट्टराई

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

चितवन, ११ मंसिर । एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले अध्यक्षसहित सबै पदमा सर्वसम्मत हुने दाबी गरेका छन् ।

महाधिवेशनको बन्दसत्रस्थल सौराहामा पत्रकारहरूसँग कुराकानी गर्दै उनले सर्वसम्मत नेतृत्व चयनका लागि केन्द्रीय कमिटी बैठकले कमिटीको आकार बढाएको स्पष्ट पार्दै यस्तो विश्वास दिलाएका हुन् ।

एमालेले पार्टीमा एकताको सन्देश दिन पनि सर्वसम्मत नेतृत्व चयनलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ । भट्टराईले शीर्ष नेताहरूलाई योग्यता र क्षमताका आधारमा पद बाँडफाँट गरी सर्वसम्मत नेतृत्व चयन गर्ने विश्वास व्यक्त गरेका छन् ।

एकताको सन्देश दिन पनि एमालेमा सर्वसम्मत नेतृत्व चयनको प्रयास भइरहेको भट्टराईले जानकारी दिएका छन् ।

एमालेमा सहमतिको प्रयास भइरहेको र सहमति नजुट्दा बन्दसत्रको कार्यक्रम अझै शुरू हुन नसकेको बताइएको छ ।