१३ कार्तिक २०८३, शुक्रबार

एमालेले कुनैपनि हालतमा देशलाई द्वन्द्वमा जान दिँदैन् : महासचिव पोखरेल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ishwor-pokheral

– सुमन घिमिरे

उर्लाबारी, २८ चैत । नेकपा एमालेका महासचिव इश्वर पोख्रेलले देशलाई द्वन्द्वबाट बचाउन एमालेले कनै कसर बाँकी नराख्ने बताउनुभएको छ । नेपालमा जातीय राज्यको नारा दिएर द्वन्द्वतर्फ धकेल्ने प्रयास भईरहेको बताउँदै उहाँले त्यो प्रयासलाई एमालेले कदापी पुरा हुन नदिने बताउनुभयो ।

मोरङको उर्लाबारीमा शनिबार नेकपा एमाले उर्लाबारी नगर कमिटीले आयोजना गरेको नयाँवर्ष २०७२ सालको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै महासचिव पोखरेलले देशभर एमालेको जनलहर बढेकाले जनताको एमालेप्रतिको विश्वास कुनै पनि हालतमा टुट्न नदिने बताउनुभयो ।

एमाओवादीका लागि अहिलेको संविधानसभा निकै ‘घाँडो’ भएको भन्दै १० वर्षे जनयुद्धको बेलामा संविधानसभा चाहियो भन्दै हिड्ने माओवादी अहिले आएर संविधानसभालाई असफल पार्नेतर्फ लागिपरेको उहाँको आरोप छ ।

उहाँले भन्नुभयो-‘नेपाल विभिन्न जातजाती, भाषभाषी भएको देश भएकाले जातीय राज्यको कल्पना समेत गर्न सकिदैन् ।’ जातीय राज्यले देशलाई पुनः द्वन्द्वको मुखमा पुर्‍याउने भन्दै नेकपा एमाले त्यसतर्र्पm देशलाई कद्दापी जान नदिने अठोट ब्यक्त गर्नुभयो ।

हिमाल, पहाड र तराईलाई मिलाएर राज्यको पुर्नसंरचना गर्नुपर्नेमा जोड दिँदै उहाँले पहाड र तराईलाई छुट्याएर कुनैपनि हालतमा राज्य बनाउन नसकिने बताउनुभयो । कार्यक्रममा बोल्दै मोरङ १ का एमाले सभासद ऋषिकेश पोखरेलले दास्रो संविधानसभाबाटै नेपाली जनताले संविधान पाउने दाबी गर्नुभयो ।

नेकपा एमाले सहमतिको संविधानमा अधिकतम प्रयासरत रहेको बताउदै उहाँले त्यसो नभएको खण्डमा बहुमतीय पक्रियाबाट भएपनि संविधान जारी गरिने बताउनुभयो । एमाले मोरङका सचिव समेत रहेका सभासद पोखरेलले नेकपा एमाले आगामी चुनावमा देशकै पहिलो शक्ति हुने ठोकुवा समेत गरेका थिए ।

isworकार्यक्रममा बोल्दै एमाले पूर्व केन्द्रीय सदस्य राजेन्द्र गौतम, एमाले मोरङका अध्यक्ष महेश रेग्मी, सह–सचिव विद्या चाम्लिङले २०७२ मा नेपालले नयाँ संविधान पाउनेमा आपूmहरु आशावादी रहेको बताएका थिए ।

उर्लाबारी स्थित हाम्रो बचत सहकारीको सभाहलमा भएको कार्यक्रममा एमाले मोरङका सचिवालय सदस्य भूपाल जिमी, जिल्ला सदस्य लक्ष्मी भण्डारी, मोरङ ९ का क्षेत्रिय अध्यक्ष गंगाप्रसाद बाँस्तोला, पूर्व क्षेत्रीय अध्यक्ष उपेन्द्र घिमिरे लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम एमाले उर्लाबारीका नगर अध्यक्ष मनोरथ भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।