४ मंसिर २०८३, शुक्रबार

क्लासिक टेकका फाउण्डर खरेलका पिताको निधन, शोक व्यक्त

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ असोज । नेपालको अग्रणी र ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रालिका फाउन्डर तथा प्रमुख कार्यकारी अधिकृत प्रमेश खरेलका पिता विश्वनाथ खरेलको निधन भएको छ ।

प्रालिले खरेलको ८५ वर्षको उमेरमा असामायिक निधन भएको खबरले क्लासिक टेक परिवार मर्माहत भएको जनाएको छ ।

विसं १९९३ साल मंसिर १३ गते जन्मिएका खरेलको भदौ २१ गते असामायिक निधन भएको थियो ।

शुक्रबार १३औं दिनको पून्य तिथिको अवसरमा क्लासिक टेक परिवार हार्दिक समबेदना अपर्ण गर्दै सम्पूर्ण परिवारजन तथा समस्त शुभचिन्तकहरूमा धैर्य धारण गर्न तथा दिवगंत आत्माको चिरशान्तिको कामनाका साथै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना अर्पण गरेको जनाएको छ ।

प्रालिले दुःखद् घडीमा शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दै धैर्यधारण गर्न शक्ति प्रदान गरुन् भनि ईश्वरसँग प्रार्थना गर्दछौं ।