काठमाडौं । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको १२ हजार २ सयले घटेर तोलाको दुई लाख ४५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो बिहीबार सुन प्रतितोला दुई लाख ५७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला २२५ रुपैयाँले घटेको छ ।
आज चाँदी प्रतितोला ३ हजार ११० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी ३ हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो ।












प्रतिक्रिया