४ मंसिर २०८३, शुक्रबार

प्रधानमन्त्रीको भारत भ्रमणको कार्यतालिका सार्वजानिक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहको भारत भ्रमणको तालिका सार्वजनिक भएको छ ।

परराष्ट्र मन्त्रालयले शुक्रबार बिहान पत्रकार सम्मेलनमार्फत प्रधानमन्त्रीको भारत भ्रमणको संक्षिप्त कार्यतालिका सार्वजनिक गरेको हो । जसअनुसार भ्रमण दुई दिने हुने भएको छ ।

प्रधानमन्त्री साह आइतबार दिउँसो नेपाल एयरलाइन्सको उडानमार्फत नयाँ दिल्ली प्रस्थान गर्नेछन् । उनको साथमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार तथा नेपाल सरकारका अन्य उच्चपदस्थ अधिकारीहरू रहनेछन् ।

भ्रमणका क्रममा प्रधानमन्त्री साहले भारतकी राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्नेछन् । साहले आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरको वार्ता गर्नेछन् ।

मोदीले साहको सम्मानमा औपचारिक दिवाभोजको आयोजना गर्नेछन् ।

भारतका विदेशमन्त्री एस जयशंकरले पनि प्रधानमन्त्री साहसँग शिष्टाचार भेट गर्ने तालिका छन् ।

यो भ्रमण दुई देशका जनताका लागि अधिकतम पारस्परिक लाभ हुनेगरी, भविष्यमुखी दृष्टिकोणका साथ व्यापक सहयोगात्मक साझेदारीको समीक्षा गर्ने एक महत्त्वपूर्ण अवसर हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।