४ मंसिर २०८३, शुक्रबार

न्यायाधीशका पीएसओले टाउकोमा गोली हानी लिए आफ्नै ज्यान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं । उच्च अदालत पाटनका एक न्यायाधीशको निजी सुरक्षा अधिकारी (पीएसओ) ले आफ्नै ज्यान लिएका छन् । प्रहरी हवल्दार डोलनाथ ढकालले बिहीबार राति टोखा नगरपालिका– १, झोरस्थित आफ्नै दुई तले घरको दोस्रो तलामा टाउकोमा गोली हानी आत्महत्या गरेका हुन् ।

उनले घरको दोस्रो तलामा आफू सुत्ने कोठाको चुक्कुल लगाएर आफ्नै कञ्चटमा पेस्तोल ताकेका थिए । तर, पेस्तोल चिप्लिँदा कञ्चटभन्दा माथि गोली लागेको प्रहरीले जानकारी दिएको छ । गोलीको आवाज सुनेपछि परिवारले कोठाको ढोका फोडेर हेर्दा उनी ढलिसकेका थिए ।

राति ९ बजे उनलाई त्रिवि शिक्षण अस्पताल पुर्‍याइएकोमा चिकित्सकले मृत घोषित गरेका थिए । उनले के कारणले आत्महत्या गरे भन्ने खुलेको छैन ।