४ मंसिर २०८३, शुक्रबार

चीनबाट आज ४४ लाख डोज कोरोनाविरुद्धको खोप आउँदै

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ असोज । सरकारले चीनसँग खरिद गरेको ४४ लाख मात्रा कोभिड १९ विरुद्धको भेरोसेल खोप शुक्रबार नेपाल आइपुग्ने भएको छ ।

सरकारले पछिल्लो पटक चीन सरकारसँग खरिद गरेको ६० लाख भेरोसेल खोपमध्ये १६ लाख मात्रा आएको थियो । बाँकी रहेको ४४ लाख डोज खोप आउन लागेको हो । नेपालमा अहिलेसम्म १ करोड ३३ लाख खोप आइसकेको छ ।

खोप ल्याउन वरिष्ठ क्याप्टेन विजय लामाको नेतृत्वमा नेपाल वायुसेवा निगमको विमान बिहीबार राति बेइजिङ उडेको थियो ।

खोप आए लगत्तै प्रदेश स्तरमा वितरण गरी तुरुन्तै लगाउन सुरु गरिने सरकारी तयारी छ । अब थप तीन लाख मात्रा खोप नेपाली सेनाका लागि ल्याउने तयारी छ ।