१३ कार्तिक २०८३, शुक्रबार

सहमतिका आधारमा संविधान बनाउन बल पुगेको छ : प्रचण्ड

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Puspakamal Dahal

काठमाडौँ, २८ चैत । बाग्मती सफाइ महाअभियानलाई सफल बनाउन एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले तिनकुने क्षेत्रमा सहभागी भएर अभियानमा लागेकालाई हौसला प्रदान गर्नुभएको छ ।

अध्यक्ष दाहालसँगै सोही दलका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई पनि सोही स्थानमा सहभागी हुनुभएको छ । अभियानमा सरिक हुनेक्रममा सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै उहाँले बाग्मतीमा फोहर नफाल्न र अब उप्रान्त त्यसको पवित्रता र स्वच्छता कायम गर्न आज भएको उत्साहजनक सहभागिताले सबैलाई प्रेरणा मिलेको बताउनुभयो ।

उहाँले सहमतिका आधारमा संविधान लेखन प्रक्रियालाई पनि यस्तै एकताका साथ अगाडि बढाउन महाअभियानले बल पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

महाअभियानलाई सफल पार्न काठमाडौँवासी बाग्मती नदी किनारमा ओइरिएका छन् । अपेक्षा गरेभन्दा कैयौँ गुणा ज्यादा कार्यक्रममा सहभागी भएपछि त्यसलाई व्यवस्थित गर्न भने हम्मेहम्मे परेको थियो । रासस