काठमाडौं, ३१ भदौ । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २ करोड २४ लाखभन्दा धेरै मूल्यको सुनका गरगहनासहित दुई जनालाई पक्राउ गरेको छ ।
भदौ २८ गते श्री एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट बिराटनगर जान लागेका यात्रुहरूलाई विमानस्थलको आन्तरिक उडानतर्फको ह्याण्ड ब्यागेज चेकिङ एरियाको एक्सले मेसिनमा चेकजाँच गर्ने क्रममा सुनका गरगहना बरादम भएको विज्ञप्तिमा उल्लेख छ ।
पक्राउ पर्नेमा कैलाली जिल्लाको बदगोरिया गाउँपालिका– १ स्थायी घर भएका ३० वर्षीय बोधराज भण्डारी र धनुषा जिल्लाको जनकपुर उप–महानगरपालिका– २ स्थायी घर भएका ४७ वर्षीय मुरारीराज अधिकारी रहेका छन् ।
भण्डारी र अधिकारीको व्यागेजहरूबाट सुनका गरगहनाहरूको जम्मा तौल ३३६० ग्राम बरामद भएको प्रहरीले जनाएको छ ।
सुनको मूल्य रु.२ करोड २४ लाख ९२ हजार ३ सय ९७ रुपियाँ बरावर रहेको विज्ञप्तिमा उल्लेख छ ।
बरादम भएको सुनका गरगहना र पक्राउ परेका दुई जनालाई आवश्यक अनुसन्धान एवम् कानूनी कारबाहीको लागि राजश्व अनुसन्धान विभाग, ललितपुर पठाइएको छ ।











प्रतिक्रिया