४ मंसिर २०८३, शुक्रबार

आरजु गन्यापधुराबाट बनिन् क्षेत्रीय प्रतिनिधि

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

डडेल्धुरा, २८ भदौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा डडेल्धुराबाट क्षेत्रीय प्रतिनिधि चयन भएकी छिन् ।

पूर्वसांसद समेत रहेकी राणा गन्यापधुरा गाउँपालिका– १ बाट क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत भएकी हुन् ।

जयवीरसिंह देउवा भने क्षेत्रीय प्रतिनिधि बनेका छैनन् । भदौ २५ मा भएको वडा अधिवेशनमा जयवीरले क्षेत्रीय प्रतिनिधिमा उम्मेदवारी दिएनन् ।

वडा सभापतिमा ज्ञानुकुमारी सेठ्ठी निर्विरोध सभापति भएकी छिन् । वडा सभापति, कार्यसमिति र क्षेत्रीय प्रतिनिधि पनि सर्वसम्मत चयन भएको छ ।