४ मंसिर २०८३, शुक्रबार

पाल्पा–बुटवल सडकखण्डको पहिरो हटाउन रातिको आवागमन बन्द

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तानसेन, १८ भदौ । पाल्पा जिल्लामा पहिरो हटाउन पाल्पा–बुटवल सडकखण्ड रातिको समयमा बन्द गरेर काम गरिएको छ ।

सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्डको तल्लो डुम्रेमा गएको पहिरो हटाउन बिहीबार बेलुका ७ बजेदेखि बन्द गरिएको थियो । शुक्रबार बिहान ६ बजेदेखि सडक खुलाइएको छ ।

बिहीबार पनि बेलुका ७ बजेदेखि शनिबार बिहान ५ बजेसम्म सडक बन्द गरिनेछ ।

सडक डिभिजन कार्यालयको अनुरोधमा रातिको समयमा सिद्धार्थ राजमार्ग बन्द गरिएको जनाउँदै जिल्ला प्रशासन कार्यालय पाल्पाले एम्बुलेन्सबाहेक अन्य गाडी सञ्चालनमा रोक लगाइएको जनाएको छ ।

चार घरमा क्षति पुग्ने गरी केही दिन अघि झरेको पहिरोको कारण यस सडक खण्डमा एकतर्फी मात्रै यातायात सञ्चालन गरिएको छ ।