गजुरी, १६ भदौ । धादिङको गजुरी गाउँपालिका–५ धारापानीस्थित बिद्युतको पोलमा एनसेल कम्पनीको फाइबरमर्मत गर्नका लागि भ¥याङ लगाउने क्रममा करेन्ट लागेर २ जनाको सोमबार बिहान मृत्यु भएको छ ।
मृत्यु हुनेहरूमा स्याङ्जा घर भएका २६ वर्षीय बिमल परियार र कास्की पोखरा बस्ने २५ वर्षीय उमाकान्त बराल रहेका छन् ।
करेन्ट लागेर गम्भीर घाइते भएका उनीहरूको गजुरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै करेन्ट लागेर घाइते भएका कास्की पोखरा बस्ने २३ वर्षीय भुवन बराललाई गजुरी अस्पताल हुँदै थप उपचारका लागि ट्रमा सेन्टर काठमाडौं पठाइएको छ ।
उता, बर्दियाको ठाकुरबाबा नगरपालिका–५ गोबिन्दपुर बस्ने ३१ वर्षीय मानबहादुर थारुको सोमबार दिउँसो डुबेर मृत्यु भएको छ ।
सोही नगरपालिका–४ स्थित कुलोमा माछा मार्न गएको अवस्थामा कुलोमा डुबेर उनको मृत्यु भएको हो ।
कपिलवस्तुको शिवराज नगरपालिका–११ बिजयनगरस्थित मामाघर बस्ने शिवराज नगरपालिका–११ थुनिया घर भएका कमलेस धोबीकी छोरी ३ वर्षीया बिनिता धोबीको डुबेर सोमबार साँझ मृत्यु भएको छ ।
बाटोमा खेल्ने क्रममा कुलोमा खसेर डुब्दा उनको मृत्यु भएको हो ।











प्रतिक्रिया