अर्घाखाँची, १६ भदौ । पहिरोले घर पुरिँदा अर्घाखाँचीमा एक बालिकाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
पाणिनी गाउँपालिका– ७ अडगुरीमा पहिरोमा पुरिएर जीवलाल सुनारकी ९ वर्षकी छोरी झरना सुनारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक अम्बरबहादुर थापाले जानकारी दिएका छन् । निरन्तरको वर्षापछि मंगलबार राति खसेको पहिरोले सुनारको घर पुरेको हो ।
पहिरोमा परेर जीवलालका छोरा र दुई जना छिमेकी घाइते भएका छन् । स्थानीय मेडिकलमा उपचार गराइरहेका उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया