४ मंसिर २०८३, शुक्रबार

केही स्थानमा मंगलबार मध्यम वर्षाको सम्भावना

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ भदौ । मौसम पूर्वानुमान महाशाखाले देशको केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

सुदूरपश्चिम र बागमती प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

वर्षासँगै पहाडी भू–भागमा भू–क्षय, पहिरो र गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता महाशाखाले आग्रह गरेको छ । महाशाखाले मंगलबार नेपालमा मनसुनी वायुको प्रभाव रहेको उल्लेख गरेको छ ।