१७ कार्तिक २०८३, मंगलबार

निर्वाचन आयोगको विवादास्पद निर्णयविरूद्ध एमाले अदालत जाँदै

602
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ११ भदौ । नेकपा एमाले निर्वाचन आयोगको निर्णयविरुद्ध अदालत जाने भएको छ ।

आयोगले दल दर्ता गर्दा विवादास्पद निर्णय गरेको भन्दै कानुनी उपचारका लागि आइतबार एमाले अदालत जाने भएको हो ।

पार्टीको बिहीबार बसेको केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार सर्वोच्च अदालतमा रिट निवेदन दिने तयारी भइरहेको जनाइएको छ ।

शुक्रबार नै अदालत जाने गरी काम गरे पनि नसकिएको बताइएको छ ।

एमालेले कारवाही गरेका नेता माधवकुमार नेपालसहित १४ जना प्रतिनिधि सभा सांसदसहितको हस्ताक्षरलाई आयोगले मान्यता दिएको विरुद्ध कानुनी उपचार खोज्ने भएको हो ।