१७ कार्तिक २०८३, मंगलबार

रहेनन् जनवादी गायक जेबी टुहुरे

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १० भदौ । जनवादी गायक जेबी टुहुरेको निधन भएको छ । मस्तिष्कघात भई बल्खुको बयोधा अस्पतालमा उपचाररत टुहुरेको बिहीबार मध्यान्हमा निधन भएको हो ।

टुहुरेको पार्थिव शरीरलाई श्रदाञ्जलीका लागि माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा १ः३० बजेदेखि २ बजेसम्म र ३ बजेदेखि ४ बजेसम्म पशुपति आर्यघाटमा राखिने बताइएको छ ।

करिब ५ दशक जनावदी गीत संगीतमा लागेका टुहुरेको ७८ वर्षको उमेरमा निधन भएको हो ।