२८ आश्विन २०८३, बुधबार

ओरियन्टलका सञ्चालक फरार, निक्षेपकर्ता विचल्लीमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sahakari

काठमाडौं । ओरियन्टल सहकारी संस्थाका सञ्चालकले हजारौं निक्षेपकर्ताका करिब ७ अर्ब रुपैयाँ लिएर फरार भएका छन् ।

२०६९ साल भाद्र महिनादेखि ओरियन्टलका सञ्चालक फरारकाले निक्षेपकर्ताहरु मारमा परेको गुनासो गरेका छन् । निक्षेपकर्ताका रुपैयाँ लिएर फरार रहेका सञ्चालकलाई सरकारले नै संरक्षण दिइरहेका पीडित निक्षेपकर्ताहरु बताउँछन् ।

महिनौंदेखि आफ्ना लगानी उपर गरिदिन माग गर्दै निक्षेपकर्ताहरु आन्दोलनरत् छन् । तर, सरकारले यसतर्फ कुनै चासो राखेको छैन । करिब ९ महिनादेखि ओरियन्टल सहकारी बन्द अवस्थामा छन् । यस सहकारीका १० हजार निक्षेपकर्ताको सात अर्ब रुपैयाँ फँसेको पीडित मधुसुदन प्याकुरेलले जानकारी दिएका छन् ।

आफ्नो जम्मा पुँजी उपर गराइदिन माग गर्दै आएकामध्ये सयौं निक्षेपकर्ताको ज्यानसमेत गइरहेको छ भने कतिपय मानसिक यातनामा बाँच्न बाध्य रहेका छन् । ओरियन्टलका अध्यक्ष सुधिर बस्नेतलाई नियन्त्रणमा लिई उनको सम्पूर्ण सम्पत्ति राष्ट्रियकरण गरी निक्षेप फिर्ता गरियोस् भनी नेपाल सरकारसँग माग गरेका छन् । २०६९ साल भाद्रदेखि हालसम्म नाम सारी बिक्री गरिएका सम्पत्ति उचित छानबिन गरी निक्षेप फिर्ता गरिनुपर्ने र ओरियन्टल सहकारीका सम्पूर्ण कर्मचारीहरुको सम्पत्ति पनि छानबिन गरिनुपर्ने माग पीडित निक्षेपकर्ता समूहले गरेको छ । सर्वसाधारण, गरिब, बृद्धबृद्धा, अपाङ्ग, महिलाहरुका निक्षेपको उद्धार गर्न सरकारसँग अपिल गरेका छन् ।