काठमाडौं, २८ असार । एमालेका महासचिव ईश्वर पोखरेलले वरिष्ठ नेता माधव नेपालसँग पार्टीभित्रका विवाद मिलाउन भएको सहमतिको स्वागत गरेका छन् ।
पोखरेलले आइतबार राति भएको दश बुँदाको सहमतिको स्वागत गर्दै खुसी व्यक्त गरेका हुन् ।
‘एमालेमा लामो समयदेखि देखा परेको समस्याको समाधानका लागि गठित कार्यदलले पार्टीको आन्तरिक एकताका लागि १० बुँदे सहमति तयार गरेकोमा कार्यदलका साथीहरूलाई धन्यवाद’, पोखरेलले भने, ‘एमालेको आन्तरिक जीवनमा यो अत्यन्तै सुखद् छ ।’
महासचिव पोखरेलले भनेका छन्, ‘अब हामीले पार्टी र संगठनलाई मजबुत बनाउँदै पार्टीलाई नयाँ शिराबाट उठाउन जरूरी छ ।’
पोखरेलले एमाले एकतावद्ध रूपमा देश र जनताको समस्या समाधान गर्न केन्द्रित रहने बताएका छन् ।















प्रतिक्रिया