काठमाडौँ, २४ चैत । नेपाल स्टक एक्सचेन्ज र एनएमबी बैंकबीच ऋणपत्र अङ्कित तथा चुक्तामूल्य रु एक हजार कायम भएको रु ५० करोड बराबरको पाँच लाख कित्ता ऋणपत्र सूचिकृत गर्ने सम्झौता भएको छ ।
वार्षिक सात प्रतिशत ब्याजदर कायम भएको, अर्धवार्षिक तवरले ब्याज वितरण गर्ने र ऋणपत्र बाँडफाँड भएको मितिले साढे पाँचभित्रमा सावाँ फिर्ता भुक्तानी हुने र सूचीकरण गर्ने गरी स्टक एक्सचेन्जका महाप्रबन्धक सीताराम थपलिया र एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेलले सम्झौतमा आज हस्ताक्षर गर्नुभएको हो ।
बैंकले पाँच लाख कित्ता ऋणपत्र गत गत माघ २२ गतेदेखि खुल्ला गरी बिक्री आह्वान गरेको थियो । सामूहिक लगानी कोष, सर्वसाधारण, तथा व्यक्तिगत तवरबाट वितरण गरिएको उक्त ऋणपत्र वितरण भई नेप्सेमा सूचिकृत भएको हो । रासस















प्रतिक्रिया