झापा,२२ असार । झापा जिल्लाको बाह्रदशी गाउँपालिका–२ स्थित मनकामना सामुदायिक वनबाट असार २० गते सशस्त्र प्रहरीले करीव ३ लाख रुपैयाँ बराबरको ७० क्यूफिट सालको काठसहित सोही जिल्लाको हल्दिवारी गाउँपालिका ५ बस्ने ३२ वर्षीय गोबा लिम्बुलाई पक्राउ गरेको छ ।
उक्त जंगलबाट काठ काटेर लैजाँदै गरेको अवस्थामा उनलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट भागडुब्बाबाट खटिएको सशस्त्र प्रहरीले पक्राउ
गरेको हो ।
पक्राउ परेका लिम्बुलाई बरामद सालको काठसहित आवश्यक कारवाहीको लागि मनकामना सामुदायिक बन कार्यालय झापामा बुझाईएको छ ।















प्रतिक्रिया