९ कार्तिक २०८३, सोमबार

पत्रकार महासंघ तनहुँको कल्याणकारी कोषमा रोट्रयाक्ट दमौलीको ५ हजार सहयोग

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तनहुँ, १९ असार । सामाजिक क्षेत्र सक्रिय अन्तर्राष्ट्रिय क्लब रोट्रयाक्ट क्लब अफ दमौलीले नेपाल पत्रकार महासंघ तनहुँ शाखाले खडा गरेको कल्याणकारी कोषलाई आर्थिक सहयोग गरेको छ ।

बुधबार क्लबले आफ्नो १८औं स्थापना दिवसको अवसरमा तनहुँ शाखालाई रु ५ हजार १० सहयोग गरेको क्लबका अध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिए ।

महासंघ तनहुँ शाखाका अध्यक्ष उज्ज्वल पौडेललाई क्लबका अध्यक्ष श्रेष्ठले एक कार्यक्रमबीच उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

क्लबले गर्ने हरेक गतिविधि समाजमा समाचारमार्फत प्रचार–प्रसार गर्न सहयोग गर्ने पत्रकारहरूको हितमा हुने कोषमा सहयोग गर्न पाउँदा अत्यन्तै खुशी लागेको क्लबका अध्यक्ष श्रेष्ठले बताए ।

पत्रकार महासंघ तनहुँ शाखाको कोषमा सामाजिक संस्थाबाट पनि सहयोग प्राप्त हुँदा धन्यवाद ज्ञापन गरे । कोषमा रकम उठ्ने क्रम जारी रहेको तनहुँ शाखाले जनाएको छ ।