९ कार्तिक २०८३, सोमबार

लागूऔषधले भरिएको झोला छाडेर फरार

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिरहा, १७ असार । सिरहा जिल्लाको बरियारपट्टि गाउँपालिका–३ धानखेत ईलाकाबाट सशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषध बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बरियारपट्टिबाट खटिएको सशस्त्र प्रहरीलाई टाढैबाट देख्नासाथै लागूऔषध ल्याउने व्यक्तिले बोकेको झोला सोही ठाउँमा छाडी फरार भएका थिए ।

झोला जाँच गर्दा डाईलेक्स डिसी ९४ बोतल र नाईट्रोभेट ट्याब्लेट ६ सय वटा फेला पारिएको हो । बरामद लागूऔषध नेपाल प्रहरीलाई बुझाइएको विज्ञप्तिमा उल्लेख छ ।