९ कार्तिक २०८३, सोमबार

कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

बर्दिया, १५ असार । मधुवन नगरपालिका–४ बादरभरिया बस्ने ३८ वर्षीय लक्षिराम थारुको कुटपिट गरी हत्या गरेको अभियोगमा उनकै श्रीमती ३८ वर्षीय सिता थारु र छोरा १८ वर्षीय किशोरलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

घरायसी विवादमा श्रीमती र छोराले कुटपिट गर्दा गम्भीर घाइते भएका लक्षिरामको जिल्ला अस्पताल गुलरीयामा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।