९ कार्तिक २०८३, सोमबार

झापामा युवतीमाथि करणी गरेको अभियोगमा पक्राउ

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

झापा, १५ असार । २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बुद्धशान्ति गाउँपालिका– ३ पुलचोक बस्ने राजु थापा भन्ने २४ वर्षीय नुर खानलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

खानले ती महिलालाई मेचीनगर नगरपालिका–११ बाँसवारीस्थित शुभकामना होटल एण्ड लजको कोठाभित्र असार ८ गते ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।