काठमाडौं, ११ असार । प्रधानमन्त्री केपी ओलीसँग नेपाली कांग्रेसका उप–सभापति विमलेन्द्र निधी नजिकिएपछि १४औँ महाधिवेशनका बेला कांग्रेसभित्र खैलाबैला भएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाको टिम परित्याग गरेका उप–सभापति निधीले आफ्नै गुट खडा गरेपछि राजनीतिक गतिविधिलाई तीब्रता दिएका छन् । निधीले पार्टीभित्रै विभिन्न समूहका नेताहरूसँग परामर्श गर्दै आइरहेका छन् । यसै क्रममा उनले प्रधानमन्त्री ओलीसँग बालुवाटारमा भेट गरेको स्रोतको भनाइ छ ।
सभापति देउवा संसद विघटनको विपक्षमा छन् । उप–सभापति निधी विघटनको पक्षमा छन् । निधीले निर्वाचनमा जान खुट्टा उचालेको भनेर कांग्रेसभित्र आरोप छ ।
उच्च स्रोतका अनुसार निधीले प्रधानमन्त्री ओलीसँग बालुवाटारमा भेटेर राजनीतिक परामर्श गरेका छन् । भेटमा ओली र निधीबीच के विषयमा कुराकानी भएको हो केही भनिएको छैन ।
निधी कांग्रेसको १४औँ महाधिवेशनमा सभापतिको उम्मेदवार बन्दै छन् ।
प्रदेश नं. २ मा महन्थ ठाकुर समूहसँग मिलेर सरकार बनाउन चाहेका थिए । सभापति देउवाले नमानेपछि बाध्य भएर उपेन्द्र यादव नेतृत्वको जसपाको सरकारमा कांग्रेस सहभागी भएको थियो । प्रदेश नं. २ मा निधी निकटका प्रदेश सांसदहरू मन्त्री बनेका छन् ।















प्रतिक्रिया