
काठमाडौँ, १० असार । राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक आयोगहरुमा २० जना तथा न्याय परिषदमा एक जनाको नियुक्ति गरेकी छन् ।
बिहीबार उनले पदाधिकारी नियुक्ति गरेकी हुन् ।
राष्ट्रपति कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईका अनुसार संवैधानिक परिषदको सिफारिसमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दुई आयुक्तहरु डा. हरि पौडेल (बागलुङ) र डा. सुमित्रा श्रेष्ठ (ललितपुर) नियुक्त भएका छन् ।
त्यस्तै, लोकसेवा आयोगको अध्यक्षमा माधवप्रसाद रेग्मी (झापा) नियुक्त भएका छन् भने सदस्यहरूमा माधव बेल्वासे (कपिलवस्तु), वीरबहादुर राई (इलाम), दिनेश सिलवाल (ललितपुर), मञ्जुकुमारी (महोत्तरी) नियुक्त भएका छन् ।
भण्डारीले निर्वाचन आयोगको आयुक्तमा सगुन शम्शेर जबरा (रुपन्देही) नियुक्त गरेकी छन् ।
हेर्नुस् को को भए नियुक्त ?
















प्रतिक्रिया