९ कार्तिक २०८३, सोमबार

सप्तरीमा करेन्ट लागेर एक युवाको मृत्यु

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

सप्तरी, ६ असार । रुपनी गाउँपालिका–३ कटैया बस्ने ३० वर्षीय सन्जिब लौगीको शनिबार साँझ करेन्ट लागेर मृत्यु भएको छ ।

सोही ठाउँ बस्ने २५ वर्षीय शिबु माझीको घरको खानेपानीको फलामे पाईप जमिन मुनि गाड्ने क्रममा पाईपले बिजुली तारमा छोई करेन्ट लागेर गम्भीर घाइते भएका उनको छिन्नमस्ता अस्पताल राजबिराजमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै करेन्ट लागेर गम्भीर घाइते भएका अन्य २ जना कामदारको सोही अस्पतालमा उपचार भइरेहको छ । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।