रसुवा, ४ असार । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने सडक पहिरोले बन्द भएको छ ।
रसुवाको धुन्चेदेखि रसुवागढीसम्म चार ठाउँमा पहिरो खसेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । धुन्चे–स्याफ्रु सडक खण्ड अन्तर्गत त्रिशूली खोलामा र चिलिमे जलविद्युत् आयोजना नजिक पहिरो खसेको छ ।
ठूलो भार्खुमा पहिरोले ग्याविनवाल नै बगेको छ । स्याफ्रु(रसुवागढी सडक खण्डमा लिङलिङमा झरेको पहिरो पन्छाउने काम अझै सकिएको छैन ।
बिहीबार ब्लास्टिङ गरेर ठूलो ढुङ्गा फुटाइएको भए पनि हटाउने काम शुक्रबार मात्र गरिने जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरीक्षक देवेन्द्र पाण्डेले बताए ।











प्रतिक्रिया