दमक, ३ असार । झापाको मेचीनगरमा एक जनाको हत्या भएको छ । बुधबार राति साढे ८ बजे मेचीनगर–५ इँटाभट्टा अधेरी टोलका ४० वर्षीय भीमराज राईको हत्या भएको हो ।
उनको शव मुखबाट रगत आइरहेको अवस्थामा फेला परेको थियो। उनको घाँटीमा खुट्टा मर्किँदा बाँध्ने कपडा कसिएको थियो । उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई राति नै पक्राउ गरेको छ ।
मेचीनगर–५ कै ५६ वर्षीय सुकराज लिम्बुलाई नियन्त्रणमा लिइएको झापाका प्रहरी उपरीक्षक सानुराम भट्टराईले बताए ।
आपसी झगडाका कारण उनले खुट्टा मर्किँदा बाँधिने कपडाले बाँधेर घटना गराएको उनले बताएका छन् ।
घटनास्थल सीमा प्रहरी चौकी नकलबन्दाबाट अढाइ किलोमिटर पश्चिम पर्छ। घटनालगत्तै सीमा प्रहरी चौकी, इलाका प्रहरी कार्यालय काँकडभिट्टा र जिल्ला प्रहरी कार्यालयबाट एसपी भट्टराई आफैं पुगेका थिए । मृतकको शव पोष्टमार्टमका लागि मेची अस्पताल पठाइएको छ ।















प्रतिक्रिया