४ मंसिर २०८३, शुक्रबार

४० लाख डोज खोप ल्याएर साउनभित्र लगाउन शुरु गर्छौंः ओली

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ असार । प्रधानमन्त्री केपी ओलीले साउनदेखि लगाउन सुरू गर्ने गरी कोरोनाभाइरसविरुद्धको ४० लाख डोज खोप ल्याउन लागिएको बताएका छन् ।

बुधबार बसेको कोभिड–१९ व्यवस्थापन निर्देशक समितिको बैठकमा प्रधानमन्त्री ओलीले कोरोना नियन्त्रणका लागि सबैभन्दा महत्वपूर्ण र अनिवार्य तत्व खोप नै भएको उल्लेख गर्नै त्यसका लागि ४० लाख डोज खोप ल्याउन गृहकार्य भइरहेको बताए ।

‘आगामी साउनदेखि लगाउन थालिनेछ’, उनले भने, ‘अन्य देशसँग पहल प्रयत्न भइरहेकोले खोपको अभाव क्रमशः हल हुँदै जानेछ ।’