९ कार्तिक २०८३, सोमबार

छापा माध्यम सञ्जालद्वारा काउन्सिलका अध्यक्ष बस्नेतलाई बधाई

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २ असार । नेपाली राष्ट्रिय छापामाध्यम सञ्जालले आज प्रेस काउन्सिल नेपालका नवनियुक्त अध्यक्ष बालकृष्ण बस्नेतलाई हार्दिक बधाई ज्ञापन गरेको छ ।

सञ्जालका अध्यक्ष देवप्रकाश त्रिपाठीले आज काउन्सिलमा एक समारोहबीच अध्यक्ष बस्नेतलाई कार्यकाल सफलताको कामनासहित बधाई दिएका हुन् । सो क्रममा त्रिपाठीले पत्रकारिताको संरक्षण र सम्र्वद्धनमा सँग–सँगै सहकार्य गरेर अघि बढ्ने विश्वास व्यक्त गरे ।

यस क्रममा काउन्सिलका निवर्तमान कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकी, पूर्व कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठसहितको सहभागिता थियो ।

यसैबीच आजै कोरोना लगायत कारणले समस्यामा परेका छापामाध्यमको विकासमा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भएको छ । छलफलमा अध्यक्ष बस्नेतले राज्यको तर्फबाट छापा माध्यमलाई बचाउनको लागि गर्न सक्ने काममा सक्दो पहल गर्ने विश्वास व्यक्त गरे ।

वरिष्ठ पत्रकार त्रिपाठीले छापामाध्यमको अस्तित्व टिकाउनका लागि विशेष पहल गर्नु पर्ने अवस्था आएको बताए ।

पूर्व कार्यवाहक अध्यक्ष श्रेष्ठले अनलाइनले छापामाध्यम विस्थापित हुने अवस्था नआओस भन्नको लागि यस्ता बहस र छलफल आवश्यक भएको बताए ।

निर्वतमान कार्यवाहक अध्यक्ष बुढाथोकीले प्रविधिसँगै छापामाध्यममा पनि परिवर्तन हुनुपर्ने बताए ।

कार्यक्रममा काउन्सिलका सदस्यहरू दीपक पाण्डे, ठाकुरप्रसाद बेलबासे, काउन्सिलका सदस्य सचिव एवं सूचना तथा प्रशारण विभागका महानिर्देशक गोगनबहादुर हमालको सहभागिता थियो ।