धनगढी, १ असार । कञ्चनपुर जिल्लामा जुवाखालबाट ५ जना पक्राउ परेका छन् ।
भीमदत्त नगरपालिका– ४ स्थित गल्लीबाट स्थानीय विनोद गुप्ताको घरमा जुवातास खेल्ने क्रममा ५ जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा जिल्लाको भीमदत्त नगरपालिका–१८ का ६२ वर्षीयको रामकृष्ण गुप्ता, ३३ वर्षीय सचिन गुप्ता, ४५ वर्षीय विनोद गुप्ता, ४२ वर्षीय सुनिल गुप्ता र ५५ वर्षीय मुरारी गुप्ता रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाक्षेत्रीले विशेष सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेको बताए ।
उनका अनुसार उनीहरूको साथबाट ४६ हजार २०७ नगद र ५२ पत्ति भएको तासको १ गड्डी नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।















प्रतिक्रिया