९ कार्तिक २०८३, सोमबार

उपप्रधानमन्त्री राजेन्द्र महतोकाे प्रष्टिकरण: राष्ट्रिय एकता र अखण्डताप्रति पूर्ण प्रतिवद्ध

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २२ जेठ । उपप्रधान तथा शहरी विकासमन्त्री राजेन्द्र महतोले आफू राष्ट्रिय एकता तथा अखण्डताप्रति पूर्ण प्रतिवद्ध रहेको बताएका छन् ।

आफूले बोलेका कुरालाई बंग्याएर गलत प्रचार गरिएको प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै महताेले आफू राष्ट्रिय अखण्डताप्रति पूर्ण प्रतिवद्ध रहेको स्पष्ट पारेका हुन् ।

शनिबार बेलुका एक विज्ञप्ति जारी गर्दै उनले आफूले संविधानको धारा ३ मा उल्लेख भए जस्तो विविधता तथा सबै जातजाति, धर्म, सम्प्रदायलाई समेट्नुपर्ने विषय बोलेको स्पष्ट पारेका छन् ।

उनले नेपाल बुहलताको देश हो भनेर दिएको अभिव्यक्ति विवादमा परेको थियो । त्यसपछि उनले विज्ञप्तिमार्फत प्रष्टिकरण गरेका हुन् ।