
काठमाडौँ, १९ जेठ । पार्टीको विवाद समाधानका लागि नेकपा एमालेका महासचिव तथा माधवकुमार नेपाल पक्षका नेता योगेश भट्टराईबीच भेटवार्ता भएको छ ।
वुधबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा उनीहरुबीच छलफल भएकाे हाे । भेटमा पार्टीलाई एक बनाएर अघि बढ्ने विषयबारे छलफल भएको छ ।
पार्टी एकतालाई बचाएर अघि बढ्न दुई पक्षीय नेताहरुबीच निरन्तर छलफल भइरहेको छ । महासचिव पोखरेलले नेताहरु झलनाथ खनाल र माधव नेपालसँग पनि भेटवार्ता गरिरहेका छन् भने नेपाल पक्षका अन्य नेताहरुसँग पनि एकताका लागि पोखरेलले सक्रियता बढाइरहेका छन् ।















प्रतिक्रिया